काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ। म्याद थपका लागि सोमबार उनलाई अदालतमा उपस्थित गराइएको हो।

पौडेललाई थुना म्याद थपका लागि न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहसको तयारी भइरहेको छ ।

ADVERTISEMENT

यसअघि पौडेललाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो। सो म्याद आज सकिएकाले उनलाई अदालत उपस्थित गराइएको हो।

ADVERTISEMENT

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो । सर्वोच्चले मंगलबार पौडेलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने भएको छ ।

एमालेले पौडेलको पक्राउ गैरकानुनी भएको बताउँदै आएको छ । एमालेले अनुसन्धानविना पक्राउ गरिनु कानुनी राज्यको उपहास र राज्य सरकारको दादागिरी भएको बताएको छ ।

ADVERTISEMENT