काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सुरक्षित स्थानमा रहेका छन् । पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
भदौ २४ गते पौडेलमाथि कुनै आक्रमण नभएको उनका स्वकीय सचिव यम पाण्डेले बताएका छन् ।
‘२०८२ भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन्। उहाँमाथि कुनै आक्रमण भएको छैन,’ सचिवालयले भनेको छ।
मंगलबार दिनभरि सडकमा पौडेललाई आन्दोलनकारीले लखेटी लखेटी कुटेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल बनाइएको थियो । जबकि मंगलबार बिहानै नेपाली सेनाको हेलिकोप्टरले भैंसेपाटीस्थित मन्त्रीक्वार्टरबाट उद्धार गरेर सुरक्षित ठाउँमा राखेको थियो ।






