काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनः नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि पुनः सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औँ बैठकले पराजुलीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको जनाएको छ। हाल पनि उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्।

ADVERTISEMENT

नेपाल लाइफले उनको नेतृत्वमा व्यवसाय विस्तार, सेवा सुधार तथा संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको विश्वासका आधारमा पुनः जिम्मेवारी दिएको बताइएको छ।

पुनः नियुक्तिसँगै पराजुलीले आगामी चार वर्षसम्म कम्पनीको रणनीतिक नेतृत्व सम्हाल्नेछन्। नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक रहेको नेपाल लाइफले आगामी दिनमा सेवा विस्तार र डिजिटल प्रविधिमार्फत ग्राहक सेवा थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

ADVERTISEMENT

कम्पनीले पराजुलीको नेतृत्वमा बीमा क्षेत्रको विकास तथा ग्राहकको विश्वास अभिवृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।