काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्यले ५६ मत ल्याए । उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत ल्याए ।

कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । उनले ६१ मत ल्याए । उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे ।

ADVERTISEMENT

वैद्य र प्रधान अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए । निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत सद्भाव लिएर वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका संघाई पराजित भएका छन् । पौडेललाई पनि ढकालकै समर्थन थियो ।