काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधिसभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ।

आगामी जेठ १५ गतेको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ।

ADVERTISEMENT

हाल हलभित्र साउण्ड सिस्टम, क्यामरा जडान, कुर्ची राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ। पटकपटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ १५ लक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढाइएको छ।

ADVERTISEMENT

निर्माण पूरा नभएकाले प्रतिनिधिसभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद् बैठक नियमित रूपमा यहीँ सञ्चालन गरिने तयारी छ।

ADVERTISEMENT