काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले एकदिवसीय खेलमा १५० विकेट पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा साेमबार आईसीसी विश्व कप लिग २ मा स्कटल्यान्डका खेलाडीलाई आउट गरेसँगै उनले कीर्तिमनी एक सय ५० विकेट पूरा गरेका हुन् ।

सन्दीपले सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । यसअघि मिचेल स्टार्कले ७७ खेलमा उक्त कोशेढुंगा पूरा गरेका थिए । सन्दीपले ७३ खेलमा पूरा गरे ।

ADVERTISEMENT

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीपले २०२३ मा ओमानविरुद्ध १०० विकेट पूरा गरेका थिए । सन्दीपले ४२ खेलमा यो उपलब्धि हासिल गर्दै अफगानिस्तानका रसिद खानको नाममा रहेको ४४ खेलको कीर्तिमान तोडेका थिए ।

ADVERTISEMENT