काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको आरोहण गरेका छन् ।
सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आइतबार बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका हुन् ।
उनी सेभेन समिट ट्रेकमार्फत चुचुरोमा पुगेका हुन् । सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण सुरु गरेका शेर्पाले सन् २०२६ सम्म आइपुग्दा निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गर्दै आएको सेभेन समिट ट्रेकले जनाएको छ ।








