काठमाडौं, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये १ लाख ४६ हजार ५०७ जना विद्यार्थी नन-ग्रेडेड भएका छन्।
बोर्डका अनुसार यस वर्ष कुल ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने २ लाख ८४ हजार १६० जना विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजाअनुसार ४८ हजार ३९२ जना विद्यार्थीले ३.६० देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन्। त्यस्तै, ३.२० देखि ३.६० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ।
यसैगरी, २.८० देखि ३.२० सम्म जीपीए ल्याउने ९४ हजार २२२ जना रहेका छन् भने २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना विद्यार्थी वर्गीकृत भएका छन्।
बोर्डका अनुसार २.०० देखि २.४० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेको छ भने १.६० देखि २.०० सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७ जना मात्रै रहेको छ।
यस वर्षको नतिजाले उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या उल्लेखनीय देखिए पनि ठूलो संख्यामा विद्यार्थी नन-ग्रेडेड हुनु शिक्षा क्षेत्रका लागि चिन्ताको विषय बनेको छ।

ADVERTISEMENT