काठमाडौं । लिपुलेक प्रकरणकै कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन शाहलाई भारत भ्रमणको निम्तो दिन वैशाखको अन्तिम साता नेपाल आउन लागेका मिश्रीको भ्रमण तत्कालका लागि स्थगित भएको हो।

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र बोकेर नेपाल आउन लागेका मिश्रीको प्रधानमन्त्री शाहलाई भेट्ने समय तय नभएका कारण भ्रमण स्थगित भएको बुझिएको छ । लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसराेवरकाे यात्रा खाेल्ने सहमतिपछि नेपालले विराेध जनाएकाे थियाे ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले विदेश सचिवसँग भेट गर्ने विषयमा सहमति नजनाएपछि भ्रमण कार्यक्रम अन्योलमा परेको थियो । यसअघि पनि विभिन्न विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्री बालेनसँग भेट्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

ADVERTISEMENT

हालै नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपूर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि प्रधानमन्त्री शाहसँग भेट्ने प्रयास गरेका थिए । भेट नपाएपछि दुवैजना रास्वपाका सभापति रवि लामिछाने र केही मन्त्रीलाई भेटेर फर्केका थिए ।