काठमाडौँ । धादिङको चारंगेफेदी केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा.लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।



