काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । १८ वैशाखबाट तत्कालीन आईजीपी राजु अर्याल अवकाश भएपछि पौडेलले सशस्त्र प्रहरीको कमान्ड सम्हालेका छन् । पौडेलले झन्डै २२ महिना सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
तत्कालीन गृहमन्त्री सुधन गुरुङले अबदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने भनेका थिए । तर उनी २७ दिनमै गृहमन्त्रीबाट पदमुक्त बनेका थिए ।






