चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरुबाट १ सय १ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । उनीहरुबाट पाँच करोड ३६ लाख ५४ हजार १७ रुपैयाँ जरिवाना असुल गरिएको नायब उपरिक्षक खानालले बताए ।
सूचना अधिकारी खनालका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायको सक्रियता आवश्यक छ । उहाँले भने, ‘फैसला कार्यान्वयनका लागि प्रहरीले सादा पोसाक र बर्दिमा प्रहरी परिचालन गरिएको छ ।’
गत आर्थिक वर्षमा फैसला कार्यान्वयनका लागि ५ सय ८३ जना पक्राउ परेका थिए । उनीहरुबाट १ सय २७ वर्ष ६ महिना ३ दिन कैद भुक्तान भएको थियो । पक्राउ परेका उनीहरुले रु २ करोड ५८ लाख ७९ हजार ४ सय १९ जरिवाना भुक्तान गरेका थिए । फैसला कार्यान्वयनका क्रममा जिल्ला बाहिर कैद तथा जरिवाना भुक्तान गर्नुपर्नेहरुलाई पक्राउ गरिएको सूचना अधिकारी खनालले जानकारी दिए ।






