काठमाडौँ । एम.ए.डब्लू. राइड्सले काठमाडौँको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ सुरु गरेको छ। हिजोबाट सञ्चालनमा आएको यो कार्यक्रम एक सातासम्म चल्नेछ।

कार्यक्रमको पहिलो दिन यामाहाको नयाँ मोडल ‘एफजेड–एस न्यू जेन’ सार्वजनिक गरिएको छ, जसले मोटरसाइकल पारखीहरूको ध्यान तानेको छ।

ADVERTISEMENT

यस वर्षको ब्लु फेस्टमा ‘एक्सचेन्ज कार्निभल’लाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिता रहेको छ।ग्राहकहरूले आफ्नो पुरानो जुनसुकै ब्रान्डको मोटरसाइकलको तत्काल मूल्याङ्कन गराएर नयाँ यामाहा मोटरसाइकल खरिद गर्न सक्ने सुविधा प्रदान गरिएको छ।

ADVERTISEMENT

वैशाख ५ गतेसम्म सञ्चालन हुने यस फेस्टले मोटरसाइकल बजारलाई चलायमान बनाउने र ग्राहकलाई विशेष अवसरदिने आयोजकले जानकारी दिएका छन्। 

ADVERTISEMENT