विराटनगर । नेपालको लघुवित्त क्षेत्रमा अहिलेसम्मकै ठूलो संस्थागत एकीकरण प्रक्रिया सुरु भएको छ। यस अघि जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भइसकेको थियो उक्त सम्झौता चैत्र १४ गते शनिबार मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीचएक आपसमा गाभिने (मर्जर)  सम्झौता भएको थियो  ।संगै अहिले मानुषी लघुवित्त वित्तीय संस्था थपिएर तीन ओटा लघुवित्त मर्जर हुन लागेका हुन्।


जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौताहस्ताक्षर

 

ADVERTISEMENT

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्थामानुषी लघुवित्त वित्तीय संस्थाबीच औपचारिक मर्जर सम्झौता भएसँगै क्षेत्रीय संरचनामा महत्वपूर्ण परिवर्तन आउने संकेत देखिएको हो।सम्झौता पत्रमा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरीले हस्ताक्षर गरेका थिए।सम्झौताअनुसार एकीकृत संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नै रहनेछ। केन्द्रीय कार्यालय मोरङको कटहरीमै रहने व्यवस्था गरिएको छ भने अन्य संस्थाका केन्द्रीय कार्यालयहरूलाई प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गरिनेछ।

तीन संस्थाका शीर्ष नेतृत्वबीच भएको सहमतिलाई लघुवित्त क्षेत्रको दीर्घकालीन सुधार र सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मर्जरले संस्थागत क्षमता वृद्धि, जोखिम व्यवस्थापन सुधार तथा पूँजी विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

सम्झौतामा जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरी तथा मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मर्जरपछि संस्थाको नेतृत्व हालका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले सम्हाल्नेछन्। उनले हालको प्रतिस्पर्धा, ऋण असुलीमा चुनौती र नियामक दबाबका कारण ठूला र सशक्त संस्थाको आवश्यकता बढेको बताएका छन्।

हाल तीनै संस्थाले देशका विभिन्न क्षेत्रमा सेवा दिँदै आएका छन्। एकीकृत भएपछि ग्राहक आधार र सेवा सञ्जाल उल्लेख्य रूपमा विस्तार हुने विश्वास गरिएको छ। साथै, कुल पूँजी वृद्धि भई ऋण प्रवाह क्षमता बढ्ने र वित्तीय जोखिम व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

मर्जर प्रक्रिया सञ्चालन गर्न संयुक्त समिति गठन गरिएको छ, जसले शाखा समायोजन, नीतिगत एकरूपता तथा कर्मचारी व्यवस्थापनलगायतका कार्य सम्हाल्नेछ।

२०८३ असार मसान्तभित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गरी एकीकृत संस्थाले पूर्ण रूपमा कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ।