काठमाडौं। खाडी क्षेत्रमा चर्किएको युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएसँगै दक्षिण एसियाली देशहरूमा इन्धन संकट गहिरिँदै गएको छ। यही प्रभाव नेपालमा पनि देखिएपछि सरकारले पेट्रोलियम पदार्थको मितव्यी प्रयोगलाई ध्यानमा राख्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारको उक्त निर्णयसँगै काठमाडौंका प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूमा चहलपहल उल्लेख्य रूपमा बढेको छ। विशेषगरी बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा आइतबार पनि सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ।

ADVERTISEMENT

सामान्यतया शनिबार मात्र भीडभाड हुने बसन्तपुर क्षेत्रमा यसपटक आइतबार पनि मानिसहरूको उपस्थितिले क्षेत्र गुलजार बनेको छ। परिवार, साथीभाइ तथा आन्तरिक पर्यटकहरू घुमफिरका लागि निस्किँदा दरबार स्क्वायर क्षेत्रमा उत्साहजनक माहोल देखिएको हो।

ADVERTISEMENT

इन्धन संकटका कारण सवारी साधनको प्रयोग घटाउने उद्देश्यले दुईदिने बिदा दिने निर्णय गरिएको भए पनि यसले आन्तरिक पर्यटन र सार्वजनिक स्थलहरूमा भीड बढाएको देखिन्छ।