काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा कुनै हस्तक्षेप गर्न खोजिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुख पदका लागि रुबीकुमारी ठाकुर लाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

ADVERTISEMENT

राईले श्रम संस्कृति पार्टीले जात, धर्म, भूगोल र लिंगका आधारमा विभाजित नेपाली समाजलाई एकतामा बाँध्ने लक्ष्य लिएको बताए। “हामी नेपालीलाई एउटै मालामा उनेर लैजान चाहन्छौं,” उनले भने।

उनले थपे, “संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गर्न खोजिए हामी प्रतिकार गर्नेछौं।”

ADVERTISEMENT

श्रमको क्रान्तिमार्फत् स्वाधीन नेपाल र स्वाभिमानी नेपाली निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै राईले मधेसजस्तो पछाडि पारिएको क्षेत्रबाट रुबीकुमारी ठाकुर लाई उपसभामुखको उम्मेदवार बनाइएको बताए।