काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले दुईजना मन्त्री नियुक्त गरेका छन् । उनले रास्वपाका सांसदहरू गौरीकुमारी यादव र रामजी यादवलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त दुवै मन्त्रीले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

गौरीकुमारी महोत्तरी–४ र रामजी सप्तरी–२ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रम, रोजागार तथा मन्त्रालयको जिम्मेवारी रामजीलाई दिइएको छ।

सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवार भने गौरीकुमारीलाई दिइएको छ। यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्दै आएका थिए।