काठमाडौं। डोलप्रसाद(डि.पी) अर्याल सभामुख बनेसँगै प्रतिनिधिसभा बैठक कक्षमा सभामुख र सांसदका लागि समान किसिमका कुर्सी राखिएको छ।यसअघि सभामुखका लागि विशेष डिजाइनको छुट्टै कुर्सी प्रयोग हुँदै आएको थियो। तर यसपटक सभामुखको आग्रहपछि कुर्सीको स्वरूप समान बनाइएको छ, फरक छुट्याउन रंग (कलर) मात्र फरक राखिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी ले जानकारी दिए।

यसैबीच सोमबार बसेको प्रतिनिधिसभा बैठकले दुई वटा महत्वपूर्ण समिति गठन गरेको छ। २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ, जसमा विभिन्न दलका सांसदहरू समावेश छन्।

ADVERTISEMENT

त्यसैगरी, प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार पार्न १५ सदस्यीय समिति पनि गठन गरिएको छ। उक्त समितिको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद गणेश पराजुली ले गर्ने भएका छन्।

ADVERTISEMENT

समितिमा अन्य सांसदहरू पनि सदस्यका रूपमा रहेका छन् र समितिलाई १४ दिनभित्र आफ्नो काम सम्पन्न गर्ने समय तोकिएको छ।

 

ADVERTISEMENT