काठमाडौं । सरकारले बागलुङका डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको कानुनी सल्लाहाकार महामन्यायाधीवक्ता हुने गर्छ। साथै सरकारवादी हुने मुद्दा चलाउने वा नचलाउने अधिकार पनि महान्यायाधीवक्तालाई संविधानले दिएको छ।
सुशीला कार्की नेतृत्वको सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो । यसअघिका महान्यायाधिवक्ता दीनमणि पोखरेल, खम्मबहादुर खाती, सविता भण्डारी, हरि फुयाँल, रमेश बडाल विवादमा पर्दै आएका थिए ।





