काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी) ले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो साढे २ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिनेछ।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथसँगै अर्यालले औपचारिक रूपमा सभामुखको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि सभामुख पदका लागि भएको मनोनयन प्रक्रियामा अर्यालको एकल उम्मेदवारी परेको थियो। प्रतिस्पर्धी उम्मेदवार नहुँदा उनी निर्विरोध निर्वाचित भएका हुन्।