काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।
कांग्रेसले संसद्को हिउँदे अधिशनबारे अहिले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचितहरूको संयुक्त बैठक गरेको हो ।
प्रतिनिधिसभाको पहिलो अधिवेशन बिहीबारदेखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ । त्यसअघि कांग्रेसले आफ्ना सांसदलाई प्रशिक्षण गरेको हो ।
कांग्रेस सांसदहरूलाई उपसभापति पुष्पा भुसाल र महामन्त्री प्रदीप पौडेलले सम्बोधन गर्दै प्रभावकारी ढंगले संसद् बैठकमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।







