काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा नयाँ व्यवस्था गरेको छ। अब श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन्।

श्रम मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ। तर व्यवहारमा सीमित संस्थामार्फत मात्रै सेवा दिने गरिएको थियो।

ADVERTISEMENT

मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि थप सरकारी तथा स्वीकृत अस्पताललाई अनुमति दिने प्रक्रिया अघि बढाएको सहसचिव पिताम्बर घिमिरेले जारी गरेको विज्ञप्तिमा छ । अब इच्छुक स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा गरी सूचीकृत हुन सक्नेछन् ।

स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिअनुसार नयाँ स्वास्थ्य संस्थालाई पनि प्रक्रिया पूरा गरेर सूचीकरण गरिनेछ।

ADVERTISEMENT