काठमाडौं।  सरकारले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनाको प्रतिवेदन कार्यान्वयन पूर्ण रूपमा कानुनअनुसार भएको जनाएको छ। सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मीत पोखरेलले यस्तो स्पष्टिकरण दिएका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले भदौ २४ गते भएको घटनामा संलग्न धेरै व्यक्तिहरूलाई पक्राउ गरिसकिएको र उनीहरूमाथि मुद्दा चलिसकेको जानकारी दिए। “भदौ २४ गतेको घटनामा संलग्न धेरैलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ,” उनले भने।

ADVERTISEMENT

यस्तै, भदौ २३ गतेको घटनाका सम्बन्धमा सुरुमा कसैलाई पक्राउ नगरिएको भए पनि अहिले प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाइएको उनले बताए।

ADVERTISEMENT

सरकारले सम्बन्धित प्रतिवेदनका आधारमा कार्यान्वयन गरिएको दाबी गर्दै राज्यका निकायहरूले गर्ने कामहरू स्वतन्त्र र कानुनसम्मत हुने उल्लेख गरेको छ। “राज्यका अंग र निकायहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्छन्, त्यसमा सरकारले हस्तक्षेप गर्दैन,” प्रवक्ता पोखरेलले स्पष्ट पारे।

 

ADVERTISEMENT