काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा पाँच हजार र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७२० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६७० रुपौयँ कायम भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






