काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ ।
हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० रुपैयाँ कायम भएको थियो । गत मंगलवार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






