काठमाडौँ । नेपालमा ओमाेडा जेकाे आधिकारिक वितरक एसपीजी अटाेमाेबाइल्सले जेकाे जे सिक्स टीको औपचारिक रूपमा सार्वजनिक गरेको छ।

बेस्ट-इन-सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर जे सिक्स टी ल्यान्ड राेभर डिफेन्डरबाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गरेकाे छ । यो गाडी रियर-व्हील ड्राइभ भेरियन्टमा मूल्य ६८ लाख ९९ हजार भए पनि ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफरअन्तर्गत ६६ लाख ९९ हजारमा उपलब्ध गराइएको छ।

जेकाे जे सिक्स टीको सफलतापछि एसपीजी अटाेमाेबाइल्सले जेकाे जे सिक्स टीलाई भव्य अनावरण कार्यक्रममार्फत सार्वजनिक गरेको हो। कार्यक्रममा शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शार्डा, निर्देशक गौरव शार्डा, जेकाे जे सिक्स टीका ग्राहकहरू, सञ्चारकर्मीहरू, इन्फ्लुएन्सरहरू, अटोमोबाइल क्षेत्रका अतिथिहरू तथा एसपीजी अटाेमाेबाइल्सका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमले नेपालमा यस गाडीको औपचारिक डेब्युलाई विशेष रूपमा उजागर गरेको थियो।

ADVERTISEMENT

अल-रोडर जेकाे जे सिक्स टीमा रियर-माउन्टेड मोटर रहेको छ जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट सीएटएल ब्याट्री जडान गरिएको छ, जसले ४३१ किमीसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। साथै २२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४४३३ मिमी लम्बाइ, १९१६ मिमी चौडाइ, १७४१ मिमी उचाइ तथा २७१५ मिमी ह्वीलबेसमा उपलब्ध छ। गाडीमा १९ इन्च टायर, १५ दशमलव ६-इन्च सेन्ट्रल टचस्क्रिन, ९ दशमलव २ इन्च इन्स्ट्रुमेन्ट प्यानल, साे वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।

ADVERTISEMENT

नयाँ जे सिक्स टीमा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ। जे सिक्स टीले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिस तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ।

ADVERTISEMENT

जेकाे जे सिक्स टीले देशभर तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन र बेस्ट-इन-सेग्मेन्ट विशेषताहरूका कारण पहिचान बनाइसकेको छ। त्यसैले नयाँ आकर्षक लुक्स र १९ इन्च टायरसहित जे सिक्स टीले ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा आफ्नो स्थान स्थापित गर्ने विश्वास गरिएको छ।