ललितपुर । घोडेजात्राको अवसरमा बुधबार ललितपुरको बालकुमारीमा परम्परागत रूपमा एउटा घोडा दौडाएर घोडेजात्रा मनाइएको छ ।

पाटन दरबार क्षेत्रको (मूलचोक) देखि बालकुमारीसम्म घोडा लगेर तीनपटकसम्म बालकुमारी मन्दिर परिक्रमा गरी स्थानीयले जात्रा मनाएका हुन्।

ADVERTISEMENT

पाटन दरबार स्क्वायरको मूलचोकबाट सुरु भएको जात्रा ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारीसम्म पुर्याएको हो ।

ADVERTISEMENT

ललितपुरमा मनाइने यो घोडेजात्रा उपत्यकाका अन्य स्थानभन्दा फरक मानिन्छ। काठमाडौंमा जस्तै धेरै घोडा प्रयोग नगरी यहाँ एउटा मात्र घोडा कुदाउने परम्परा छ, जसलाई ‘एकल घोडेजात्रा’ भनिन्छ। यस वर्ष भने स्थानीय गुठीका रमेश महर्जनले घोड सवार गरेका हुन् ।

ADVERTISEMENT