काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको सूची सार्वजनिक गरेको छ।दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो। आयोगका अनुसार विभिन्न राजनीतिक दलहरूले पठाएको सिफारिसका आधारमा समानुपातिकतर्फका सांसदहरूको नाम सार्वजनिक गरिएको हो।

नेपालको संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा कुल २७५ सिट रहने व्यवस्था छ। तीमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।

ADVERTISEMENT

सोही व्यवस्था अनुसार आयोगले समानुपातिकतर्फ निर्वाचित हुने ११० जनाको नाम सार्वजनिक गरेको जनाएको छ।

ADVERTISEMENT

आयोगले सार्वजनिक गरेको सूची अनुसार विभिन्न दलहरूले प्राप्त मतका आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम तथा पिछडिएका समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ।