काठमाडौं । भाषा आयोग का सदस्य, वरिष्ठ पत्रकार तथा साहित्यकार सुरेशकिरण मानन्धर लाई राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली अर्पण गरिएको छ। बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा ले मानन्धरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।

मानन्धरको सोमबार बेलुका हृदयाघातका कारण उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत मनमोहन कार्डियोलोजी केन्द्र मा निधन भएको थियो।उनको पार्थिव शरीर काठमाडौंका विभिन्न स्थान हुँदै अन्तिम श्रद्धाञ्जलीका लागि लगिने कार्यक्रम तय गरिएको छ। विजेश्वरी, ढल्को, क्षेत्रपाटी, ट्यग, बागेमुढा, जनबहाल र नरदेवी हुँदै शवयात्रा गराइनेछ।त्यसपछि इन्द्रायणी घाट मा उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

ADVERTISEMENT

मानन्धर लामो समयदेखि पत्रकारिता तथा साहित्य क्षेत्रमा सक्रिय रहँदै भाषा, संस्कृति र समाजका विविध विषयमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वका रूपमा परिचित थिए।

ADVERTISEMENT