काठमाडौं । २०८० जेठ २५ मा काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र साह बालेनको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखियो । त्यसबेला उनी विदेश भ्रमणमा थिए । उनको अनुपस्थितिमा मेयर बालेनको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएपछि यसबारे व्यापक चर्चा परिचर्चा भयो । उनका धेरै समर्थकले बालेन बालेन भनेर प्रशंसा गरेका थिए ।

भारतले ‘अखण्ड भारत’ को नाममा नेपालका केही भूभागसमेत समेटिएको नक्सा नयाँ संसद भवनमा राखेपछि बालेनले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

ADVERTISEMENT

बालेनकै आदेशमा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको महानगरका कर्मचारीहरूले बताएका थिए । ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टा नदी र पश्चिममा काँंगडासम्म फैलिएको छ । अंग्रेजसँग युद्ध हुनुअघि नेपालको भूमि टिस्टादेखि कांगडासम्म फैलिएको थियो । सो युद्धका क्रममा भएको सुगौली सन्धिपछि नेपालले आफ्नो भूमि गुमाएको थियो । यो इतिहासमा प्रमाणिक विषय हो ।

ADVERTISEMENT

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समावेश गरी चुच्चे नक्सा जारी भएको थियो । त्यसपछि नेपाल र भारतबीच निकै तिक्तता बढ्यो । जुन अहिले पनि जारी छ । भारत ग्रेटर नेपालको नाम पनि सुन्न चाहँदैन । त्यही भएर ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललगायत केही व्यक्ति पटकपटक भारत सरकारको निसानामा पर्दै आएका छन् । त्यही भएर भारतकै दबाबमा नेपाललाई प्रहरीले समात्दै थुन्दै आएको छ ।

फागुन २१ को निर्वाचनमा बालेन वरिष्ठ नेता रहेको रास्वपाले दुई तिहाइ (१८३) सिट जित हासिल गरेको छ । रास्वपाले बालेनलाई प्रधानमन्त्रीमा प्रस्तावित गरेको छ । आफूलाई प्रधानमन्त्रीमा प्रस्तावित गरिएपछि मात्र बालेन रास्वपा प्रवेश गरेका हुन् । बालेनको लहरकै कारण रास्वपाले कीर्तिमान दुई तिहाइ सिट हासिल गरेको हो । अब बालेनले ग्रेटर नेपालकाे नक्सा सम्झेलान् कि बिर्सेलान् भन्ने चर्चा परिचर्चा सुरु भइसकेकाे छ ।

ADVERTISEMENT

बालेन प्रधानमन्त्री बन्ने भएपछि ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल हौसिएका छन् । उनले भनेका छन्, ‘मैले पटकपटक नाटकीय मोडमा पुगेर ग्रेटर नेपाल प्राप्त हुन्छ भनेको थिएँ । छुट्टाछुट्टै प्रसंगमा ग्रेटर नेपालको नक्सा उपयोग गर्नुहुने रास्वपाका नेताद्वय रवि लामिछाने र बालेन शाहको पार्टीले पूर्ण बहुमत प्राप्त गरेको हुँदा ग्रेटर नेपाल आन्दोलनमा अब नयाँ मोड आउने विश्वास लिएको छु ।’ उनको आशय अब बालेनले ग्रेटर नेपालको अभियानलाई अघि बढाउलान् कि भन्ने बुझिन्छ ।

तर विदेश मामिलामा कलम चलाउँदै आएका पत्रकार अनिल गिरीको धारणा भने फरक छ । उनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोठाका भित्तामा स्वर्गबास भैसकेका बाबुआमा हजुरबुबा, हजुरआमाको तस्बिर राखिन्छन् । यसरी तस्बिर राखिएको ती फिर्ता आउँछन, फेरि त्यस्तै माया, स्नेह पाइन्छ भनेर होइन सम्झनाका लागि हो । यो ग्रेटर नेपालको कथा पनि त्यस्तै हो । जमिन फिर्ता आउने त होइन, आए पनि सम्हाल्न सकिन्न खाली सम्झनाको लागि हो है ।’