काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका छन्।

घिसिङले काठमाडौंको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालय मा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

ADVERTISEMENT

मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरे।

देशभर बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको निर्वाचन अधिकारीहरूले बताएका छन्।New

ADVERTISEMENT