काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) अनुसार साहको उम्मेदवारी अयोग्य रहेको बताए। साथै, निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) अनुसार उनको उम्मेदवारी खारेज गरिएको प्रवक्ताले जानकारी दिएका छन्।

ADVERTISEMENT