काठमाडौं । आउँदो बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि साढे ७ लाखभन्दा बढी नागरिकले उपत्यका छाडिसकेका छन्। ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहका अनुसार, हालसम्म करिब सात लाख पचास हजारभन्दा बढीले उपत्यका प्रस्थान गरिसकेका छन् र यो क्रम बुधबारसम्म जारी रहने अपेक्षा छ।
यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क र उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लम्बाई देखिएको छ।यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले राजमार्गहरूमा गस्ती बढाएको र आवश्यकता अनुसारका क्षेत्रमा विशेष निगरानी तैनाथ गरेको जनाएको छ।
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको छ।








