काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दिनेश कुमार शर्मा नियुक्त भएका छन्।कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उनको नयाँ कार्यकाल फागुन २९ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।