काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमार्फत निर्वाचनको व्यवस्थापकीय तथा प्राविधिक तयारी लगभग पूरा भइसकेको जानकारी दिएको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतपत्र, मतपेटिका तथा आवश्यक निर्वाचन सामग्री देशका सबै जिल्लामा पुर्‍याइसकिएको छ। मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरू पनि आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।

ADVERTISEMENT

मतदाता शिक्षा कार्यक्रम देशभरका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वटै वडामा सञ्चालन भइरहेको आयोगले जनाएको छ। स्वयंसेवक परिचालन गरी फागुन ३ गतेदेखि सुरु गरिएको कार्यक्रम फागुन १७ गतेसम्म जारी रहनेछ। आयोगले मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग विधि तथा बदर मत घटाउने विषयमा सचेत गराउन विशेष ध्यान दिएको जनाएको छ।

ADVERTISEMENT

मतदान केन्द्रका रूपमा प्रयोग हुने विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना उपलब्ध गराइदिन नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहसँग अनुरोध गरिसकिएको प्रवक्ता भट्टराईले जानकारी दिए। निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको निरन्तरता, मतदान प्रक्रियाको समन्वय तथा व्यवस्थापनका आवश्यक निर्णयहरू आयोगबाट भइसकेको पनि उनले स्पष्ट पारे।

आयोगले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग सहकार्य र समन्वयको अपेक्षा गरेको छ।

ADVERTISEMENT