काठमाडौँ। नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्। साथै, अदालतले बास्तोलालाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारका गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो।
उनी पक्राउ परेपछि शावित्रीकुमारी वलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।






