सर्लाही । ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटना बुधबार राति भएको हो ।

भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।

सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन । उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, तीनवटै मोटरसाइकल पनि कारबाहीका निम्ति खिचिएका छन् ।

ADVERTISEMENT

भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी पाएपछ प्रहरी चौकी गौरीशंकरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

ADVERTISEMENT

प्रहरी पुग्दा बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधकिारी एवं डीएसपी सरोज राईले जानकारी दिए । दुर्घटनास्थलबाट प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका मुकेश राय र रामज्ञान रायलाई उद्धार गरी उपचारका लाग मोडेल अस्पताल लालबन्दी ल्याएको थियो ।

ADVERTISEMENT

लालबन्दीबाट थप उपचारका लाग प्रादेशकि अस्पताल मलंगवा लैजाँदा दुवै जनालाई चकित्सिकले मृत घोषणा गरेका डिएसपी राईले बताए । दुर्घटनास्थलबाट उद्धार गरएिकामध्ये सामान्य घाइते हरपिुर्वा नगरपालकिा-९, कै २२ वर्षीय बक्रिम राय र ४२ वर्षीय रामवश्विास रायलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।