काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्यमा केही गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ तोकिएको थियो ।
आज तोला चाँदीको भाउमा भने सामान्य गिरावट देखिएको छ । महासंघका अनुसार शुक्रबार पाँच हजार रुपैयाँ कायम भएको चाँदीको मोल प्रतितोला १५ रुपैयाँले घटेर आज चार हजार ९८५ रुपैयाँ तोकिएको छ।
यसअघि गत माघ १५ गते सुनचाँँदीको भाउ उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेर रेकर्ड मूल्यमा कारोबार भएको थियो।
बिहीबार प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलरमा कारोबार भएको सुन आज पाँच हजार ६५ डलरमा झरेको छ। यस्तै, त्यति नै परिमाणको चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








