काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी अब देशको विकासको नेतृत्व लिन पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले नागरिकका अपेक्षा अनुसार पार्टी सुधारिएको भन्दै अब समृद्धि र विकासको मार्गमा अघि बढ्ने बताए।

पौडेलका अनुसार आम निर्वाचन २०८२ का लागि पार्टीले देश विकासका भिजन समेटिएको घोषणा पत्र तयार गरिरहेको छ। यसले नागरिकका चाहना र अपेक्षालाई सम्बोधन गर्दै आगामी राजनीतिक मार्गचित्र तय गर्नेछ।

ADVERTISEMENT

उनले भने, “नागरिकका गुनासा र अपेक्षालाई ध्यानमा राख्दै देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेका छौँ। तपाईं सबैको साथ र समर्थन अपेक्षित छ।”

महामन्त्री पौडेलले देशैभर कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा सक्रिय रहेको बताए। नयाँ नीति र नेतृत्वले पार्टीमा नयाँ ऊर्जा थपेको उल्लेख गर्दै उनले पार्टी आगामी चुनावका लागि दृढ र एकजुट रहेको जानकारी दिए।

ADVERTISEMENT