काठमाडौं ।नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर नेता–कार्यकर्ताहरूले निर्वाचन आयोग अगाडि नाराबाजी सुरु गरेका छन्। आज दुवै पक्षका नेताहरूले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरूलाई भेटी आ–आफ्ना धारणा राखेका थिए।
भेटघाटपछि आयोग परिसर बाहिर दुवै पक्षका कार्यकर्ताहरूले नाराबाजी थालेपछि कान्तिपथ क्षेत्र तनावग्रस्त बनेको छ। सम्भावित असहज अवस्था रोक्न सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।