काठमाडौं । भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ । बिहीबार एमाले अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यले ओली कुटीको शिलान्यास गरेकी हुन् ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु भएको हो। यसअघि भक्तपुरको बालकोटमा ओलीको घर थियो। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते ओलीको निजी निवास प्रदर्शकारीले जलाइदिएका थिए।

ADVERTISEMENT

बालकोटमा रहेका दुईवटा घर मरणोपरान्त राज्यका नाममा हुनेगरी दान गरिसकेको ओली परिवारले बताउँदै आएका छन्। राज्यकै नाममा दिइसकेको घर भएकाले अब आफै पुनर्निर्माण गरेर नबस्ने ओली दम्पतीको भनाइ छ ।

ADVERTISEMENT

जेनजी आन्दोलनपछि ओली परिवार गुण्डुमा बस्दैआएको छ। एमाले नेता बस्नेतले ओलीका लागि त्यहीँ ‘ओली कुटी’ बनाएर राख्ने घोषणा गरेका थिए। ओली कुटी निर्माणका लागि एमालेका साधारण सदस्यले आर्थिक सहयोग गर्ने भएका छन् । १० करोड लागतमा ‘ओली कुटी’ बन्न लागेको नेताहरुकाे भनाइ छ ।

तर नेता बस्नेतले ओली कुटी बनाउन चन्दा संकलन नगर्ने बताएका छन् । ‘अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको संकल्प, स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् म आफू संयोजकको भूमिकामा रहनेछु’, बस्नेतले भनेका थिए । पहिले एउटा स्केच सार्वजनिक गरिएको थियो । त्यसमा संशोधन र परिमार्जन गरी अहिले नयाँ रूप तयार पारिएको छ ।

ADVERTISEMENT