काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार ३ सय ३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३ सय ७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार सबै सूचकहरु राताम्मै रहेको छ । बुधबार बन्दीपुर केबलकारको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको कारोबार हुँदा प्रतिकित्ता सेयर मूल्य ८ सय २५ रुपैयाँ पुगेको छ ।
साथै, बुधबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य २.८५ प्रतिशतले घटेको छ ।





