काठमाडौं — आज देशका विभिन्न भू–भागमा मौसम कस्तो रहने हो भनेर जल तथा मौसम विज्ञान विभाग (मौसम पूर्वानुमान महाशाखा) ले जानकारी दिएको छ। 

विभागका अनुसार, हाल देशमा मौसम प्रणालीमा असर गरिरहेको छ। खासगरी दक्षिण-पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।त्यसको असर विशेषगरी कोशी, मधेस प्रदेश र बागमती प्रदेश मा देखिएको छ। 

आज दिउँसो देशकै केही भू–भाग — उच्च पहाडी र हिमाली भू–भाग लगायत सुदूरपश्चिम प्रदेशको केही भागमा आंशिक बदली रहने अनुमान छ। बाँकी भू–भागमा मौसम प्राय: सफा रहने महाशाखाले जनाएको छ।

राति देशभर मौसम सफा रहने अपेक्षा गरिएको छ।
 

ADVERTISEMENT