काठमाडौँ । प्रभु  बैंकको कार्यवाहक  प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साललाई नियुक्त गरिएको छ ।

बैंक सञ्चालक समितिको आइतबारको निर्णय अनुसार वरिष्ठता र अनुभवका आधारमा  लम्साललाई कार्यवाहक  प्रमुख कार्यकारी अधिकृतमा  नियुक्त  गरिएको  हो ।

ADVERTISEMENT

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन र नायब प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बैंकले नयाँ नेतृत्व तोकेको हो।

सिआइविले बैंकिङ अनियमितता तथा कर्जा सम्बन्धी उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि बैंकले जारी गरेको सूचनामा समग्र बैंकिङ सेवा प्रभावित नहुने र सबै शाखाहरूबाट नियमित रूपमा सेवा सञ्चालन हुने उल्लेख छ।

ADVERTISEMENT

प्रभु बैंकले हाल उत्पन्न परिस्थितिमा संस्थागत व्यवस्थापन निरन्तरता कायम राख्न तथा ग्राहक तथा शेयरधनीको विश्वास जोगाउन लम्साललाई जिम्मेवारी दिएको जनाएको छ। थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।