काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जसपाको राजेन्द्रकुमार श्रेष्ठ समूहबिच बिहीबार एकता घोषणा भएको छ ।

राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबिच एकता घोषणा गरिएको हो । सो अवसरमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षरसमेत गरियो । १० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ ।

ADVERTISEMENT

एसिडपीडित मुस्कान खातुन पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। उनी महिला हिंसाविरुद्धको अभियन्ता तथा जेनजी अगुवा हुन् । उनलाई नेकपा सयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराए ।

ADVERTISEMENT