म्याग्दी । आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौंमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले १० लाख सहयोग गरेका छन् । गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको १० लाख धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पु¥याउन पालिकालाई प्रदान गरिएको हो ।

यसअघि गुर्जाको ख्याली नाच समूहले रु एक लाख र हिमाली आमा समूहले दुई लाख सहयोग गरेका थिए । गुर्जामा सडक पु¥याउन सङ्घ सरकारले एक करोड ४० लाख, गाउँपालिकाले ३५ लाख, सहरी विकास मन्त्रालयबाट तीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।