काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले भेला डाकिएको नेताहरुले बताएका छन् ।

राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि भेला आयोजना गरिएको छ ।

ADVERTISEMENT

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहिबार बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरको छ ।

ADVERTISEMENT