काठमाडौँ। राम सीता विवाह पञ्चमी जनकपुरस्थित जानकी मन्दिर परिसरमा धुमधामका साथ मनाइएको छ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव विधिपूर्वक सम्पन्न भएको छ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी पर्व मनाइन्छ ।

ADVERTISEMENT

त्रेतायुगमा मिथिलाका राजा जनककी छोरी सीताको स्वयंवरका लागि शर्त स्वरूप राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

ADVERTISEMENT

मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरीएको हो । भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रङ्गभूमिमा पुर्याइन्छ भने त्यस्तै गरी जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

ADVERTISEMENT

रङ्गभूमिमा विवाहको विभिन्न विधि सम्पन्न पश्चात सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ र मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरीएको छ । विवाह महोत्सवमा निस्केको भगवानको डोला शोभायात्रामा नेपाली सहित भारतीय विभिन्न क्षेत्रबाट श्रद्धालु भक्तजन सहभागी हुने गर्छन् ।