काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना बसेका छन् । नेकपा एमालेलाई माइतीघरमा रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ। एमालेले आज आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्दैछ।

ADVERTISEMENT

बिहान ११ बजे सोही स्थानमा घोषणा कार्यक्रम तय गरेको छ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्सको घोषणा गर्ने छन्।