काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको छ ।

साथै, उक्त लाभांश पारितका लागि कम्पनीको १६औं वार्षिक साधारणसभामा पेश गरिने र सभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT